कारोबार


होटल व्यवसायीको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने

होटल व्यवसायीको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने

नेपालखबर
चैत २३, २०७७ सोमबार ५:४१,

नेपाल पर्यटन बोर्डले देशैभरीका होटल व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने भएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन विकासका लागि व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने बताएका हुन्।

पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा काठमाडाैंमा आयोजना गरिएको दुई दिने हस्पिटालिटी म्याजनेजमेन्ट सम्बन्धी २ दिने तालिमको समापनमा अवसरमा बोल्दै उनले व्यवसायीलाई सहयोगको आश्वासन दिए।

कोभिडको कारण तत्कालै अन्तरराष्ट्रिय पर्यटक आउने अवस्था अझै बनिनसकेको अवस्थामा आन्तरिक पर्यटन आवश्यक रहेको र त्यसको लागि साना तथा मझौला होटल व्यवसायीहरुले होटलहरूको स्तरीकरण र व्यवसायीहरुको क्षमता अभिवृद्धिलाई जोड दिनुपर्ने बताए।

७७ जिल्लाका १२० जना व्यवसायी सहभागी तालिममा व्यवसायीहरूले रोजगारी सिर्जना आन्तरिक पर्यटनमा साना तथा मझौला होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेपनि राज्यले साना व्यवसायीहरूलाई सोही अनुरुप सहयोग गर्न नसकेको गुनासो गरे।

कार्यक्रममा महासंघका अध्यक्ष हिराध्यव शाहले देशभरी करिब ८१ हजार साना तथा मझौला होटलहरू रहेको र आन्तरिक पर्यटनमा यिनै होटलहरूको भूमिका महत्वपूर्ण हुने बताए।

उनले आफुहरू होटलको गुणस्तर तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका तयार रहेको र राज्यले समेत त्यसका लागि सहयोग गर्नु पर्ने बताए।

होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेलले कोभिड १९ को महामारीका समयमा महासंघ अन्तरगतका होटलहरूले राज्यलाई अग्रपंितमा रहेर सहयोग गरेको जानकार दिँदै होटलहरूको क्ष्मता अभिवृद्धिका लागि राज्यको थप लगानीको आवश्यक रहको बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशलाल चुकेले यस प्रकारका तालिमलाई देशव्यापी बनाउन आवश्यक रहेको र बोर्डले सहयोग गरेमा आफहरूले यसलाई सातै प्रदेशमा लैजाने बताए।

महासंघका महासचिव बिरमञ्जन बटालाले दुई दिने तालिमबाट पनि व्यवसायीहरुले धेरै शद्धान्तिक र व्यवहारिक ज्ञान लिन सकको बताउँदै क्षमता अभिवृद्धिका यस्ता कार्यक्रमले गुणस्तरमा सुधार आउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad