कारोबार


टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा विद्यालय हस्तान्तरण

टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा विद्यालय हस्तान्तरण

नेपालखबर
साउन २८, २०७६ मंगलबार १५:१४,

टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्ट र टाटा ट्रस्ट्स (इन्डिया) तथा सिप्रदीयन सहायता संस्थाको साझेदारीमा संचालित ‘नेपाल अर्थक्वेक रिस्पोन्स प्रोगाम’ अन्तर्गत पुनर्निर्माण गरिएको सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिकामा अवस्थित श्री मार्मिङ माध्यमिक विद्यालय उद्घाटन गरिएको छ।

नवनिर्मित भूकम्पप्रतिरोधी विद्यालय भवनको यही गते प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले समुद्घाटन गरे।

उद्घाटन समारोहका विशेष अतिथिमा टाटा केमिकल्सका प्रमुख अपरेटिङ अफिसर श्री शहोब राइस, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल तथा टाटा सस्टेनिलिटी ग्रुपका नायब महाप्रबन्धक श्रीरंग डाभले थिए।

त्यसैगरी सिन्धुपालचोकको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिककी उपाध्यक्ष दाबुटी शेर्पा, सिप्रदी ट्रेडिङका महाप्रबन्धक कृष्णप्रसाद बर्तौला तथा टाटा ट्रस्ट्स नेपालका क्षेत्रीय प्रबन्ध टमलाल पोखरेलको पनि उपस्थिति थियो।उक्त समारोहमा मार्मिङ गाउँका ६ सयभन्दा धेरै विद्यार्थीहरू र अभिभावक पनि उपस्थिति थियो।

भूकम्पप्रतिरोधी र आधुनिक डिजाइनमा पुनर्निर्मित विद्यालय भवनको संरचना अपांगमैत्री सुविधाहरू रहेका छन्। विसं २०७२ सालको महाविनाशकारी भूकम्पले विद्यालयमा नराम्ररी क्षति पुर्‍याएको थियो र विद्यालका कक्षाकोठाहरू, विज्ञान प्रयोगशाला र अन्य कोठाहरू भत्किएका थिए।

पुनर्निमार्ण गरिएको भूकम्पप्रतिरोधी विद्यालयमा १० वटा कक्षाकोठाहरू, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, मन्टेसोरी कक्षाकोठाहरू र अन्य भौतिक सुविधाहरू रहेका छन्। यस विद्यालयमा अध्ययनरत २५० भन्दा बढी विद्यार्थीहरूको आवश्यकतालाई पूरा गर्न आवश्यक सम्पूर्ण सुविधाहरू रहेका छन्। यो विद्यालय २।७ करोड रूपैयाँभन्दा पनि बढीको लागतमा पुनर्निमार्ण गरिएको हो।

विद्यालयका प्रधानाध्यपक ध्रुव थापाले भूकम्पपछि कक्षाहरू संचालन गर्न कठिनाइ भएको बताए। कक्षाकोठाहरू भत्किएपछि बाहिर चौरमा अध्यापन गराउनुपरेको बताउँदै पुर्निर्माणमा संलग्न टाटा ट्रस्ट र साझेदारहरूप्रति आभार व्यक्त गरे।

टाटा केमिकल्सका प्रमुख अपरेटिङ अफिसर शहोब राइसले भूकम्पपश्चात् नेपाल र भारतमा संचालित विभिन्न परियोजनाहरूका बारेमा जानकारी गराए।

सिप्रदीयन सहायता संस्थाको सहकार्यमा टाटा ग्रुपले सातवटा विद्यालयहरू तथा एउटा स्वास्थ्यचौकीको पुनर्निमार्ण थालेको थियो र हालसम्म चार वटा विद्यालय भवनहरू हस्तान्तरण भइसकेका छन्।

सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहालले सिप्रदीयन सहायता संस्थाद्वारा टाटा कम्पनीजसँगको साझेदारीमा नेपालका विभिन्न ठाउँहरूमा संचालित उद्धार तथा पुनर्निमार्ण गरिएको परियोजनाहरू बारे प्रकाश पारे। सिन्धुपालचोकमा संस्थाले संचालन गर्ने भावी परियोजनाहरूका बारेमा पनि उहाँले समारोहमा जानकारी गराए। कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि लाभग्राहीको पहिचान गर्न अपनाइएका विधिसम्मत प्रक्रियाहरू बारे पनि जोड दिए।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले सिप्रदीयन सहायता संस्था र साझेदार संस्थाहरूले गरेका कार्यहरूको प्रशंसा गर्दै यस्तो किसिमको सहयोगबाट गाम्रीण भेगका विद्यार्थीहरू लाभान्वित हुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad