कारोबार


बौद्धमा ५४ युनिटको हाउजिङ निर्माण गर्दै सिभिल होम्स, घरको सुरुवाती मूल्य १ करोड ८५ लाख

बौद्धमा ५४ युनिटको हाउजिङ निर्माण गर्दै सिभिल होम्स, घरको सुरुवाती मूल्य १ करोड ८५ लाख

नेपालखबर
चैत २२, २०७७ आइतबार ११:५४,

सिभिल होम्सले बौद्धमा ५४ युनिटसहितको हाउजिङ निर्माण गर्दै छ।

सिभिल होम्सले ११औं फेजमा बौद्ध जोरपाटीको आरुबारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भएको हो।

यसअघि सिभिल होम्सले भैँसेपाटी, सुनाकोठी, खुमलटार, गोदावरी, सीतापाइला क्षेत्रमा हाउजिङ निर्माण गरिसकेको छ।

कम्पनीले चाबहिल चुच्चेपाटी बसस्टपबाट ४.२ किमि दूरीमा हाउजिङ निर्माण गर्नलागेको हो।

बुकिङ खुल्ला गरिसकेको कम्पनीले हालसम्म १८ वटा घर बुकिङ भइसकेको जानकारी दिएको छ।

बौद्धको सिभिल होम्सनजिकै हरियाली जंगल रहेको छ। त्यहाँ बसोबास गर्नेले गोकर्ण जंगलका स्वच्छ हावाको आनन्द अनुभूत गर्न सक्नेछन्।

civil homes housing1

बौद्ध क्षेत्रको सिभिल होम्स कोलोनी २५ रोपनी क्षेत्रफलमा फैलिएको छ। कोलोनीमा ३० प्रतिशत खुल्ला क्षेत्र हुनेछ।

सिभिल होम्स ट्रेडमार्कमा निर्माण हुँदै गरेको हाउजिङमा सिग्नेचर कलर कम्बिनेसन र आर्किटेक्चर शैली एउटै रहेको छ।

कोलोनीभित्रका ३ प्रकारका घर रहेका छन्। ४ वटा बेडरुमसहित टाइप एको घरमा ग्राउन्ड फ्लोरमा लिभिङ डाइनिङ कोठा, किचन, बेडरुम र बाथरुम हुनेछ।

पहिलो तल्लामा ३ वटा बेडरुम, २ वटा बाथरुम र एउटा डे«सिङ रुम रहनेछन्। दोस्रो तल्लामा एउटा कोठासहित वासिङ एरिया हुनेछ।

३ बेडरुमसहितको टाइप एसमा पहिलो तल्लामा लिभिङ रुम, किचन डाइनिङ, बेडरुम, लबी र बाथरुम हुनेछन्।

पहिलो तल्लामा फेमिली लाउञ्ज, बेडरुम, बाथरुम, ड्रेस रुम हुनेछ। दोस्रो तल्लामा पूजा कोठा, वासिङसहित बाथरुम हुनेछ।

टाइप डी घर पनि ३ वटा बेडरुमसहितको हुनेछ। पहिलो तल्लामा लिभिङ रुम, बेडरुम, किचन÷डाइनिङ, बाथरुम हुनेछ। पहिलो तल्लामा दुईवटा बेडरुम र २ वटा बाथरुम रहेको छ। दोस्रो तल्लामा एउटा मात्रै कोठा हुनेछ।

५४ वटा बन्ने घरमा ३.५ आनादेखि ६ आनासम्मको जग्गामा हुनेछन्। घरको सुरुवाती मूल्य १ करोड ८५ लाख रहेको छ।

कोलोनीभित्र ३ वटा खुल्ला क्षेत्र हुनेछन्। कोलोनीको मुख्य मार्ग ८ मिटरको हुनेछ। प्रत्येक घरमा पुग्ने कम्तीमा ६ मिटरको सडक हुनेछ। कोलोनीलाई ३ वटा क्षेत्रमा विभाजन गरिएको छ। प्रत्येक घरमा हावा र उज्यालो पर्याप्त मात्रामा जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad