कारोबार


प्रधानमन्त्री ओलीले एकैपटक १६५ सडकको शिलान्यास गर्ने

प्रधानमन्त्री ओलीले एकैपटक १६५ सडकको शिलान्यास गर्ने

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १४:५२,

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैपटक१ सय ६५ वटा सडक  शिलान्यास गर्दैछन्।

प्रधानमन्त्री ओलीले संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले सडक शुभारम्भ गर्न लागेका हुन्।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

सबै क्षेत्रमा प्रधानमन्त्री पुग्न नसक्ने भएकाले बालुवाटारबाटै सिलन्यास गर्नेछन्।

निर्वाचन क्षेत्रभित्र रणनीतिक सडक निर्माण गर्ने उद्देश्यले सरकारले एक निर्वाचन क्षेत्रमा एक सडक निर्माण गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad