कारोबार


श्री एयरलाइन्सको काठमाडौँ–बनारस परीक्षण उडान सफल

श्री एयरलाइन्सको काठमाडौँ–बनारस परीक्षण उडान सफल

नेपालखबर
साउन २८, २०७६ मंगलबार ११:१८,

श्री एयरलाइन्सको काठमाडौँ–बनारस परीक्षण उडान सफल भएको छ। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ बजेर २५ मिनेटमा उडेको श्री एयरलाइन्सको जहाज बेलुका ५ बजे भारतको बनारसमा सफल अवतरण गरेको हो। सोही दिन बनारसबाट जहाज काठमाडौँ फर्किएको कम्पनीले जनाएको छ।

प्राधिकरणले आन्तरिक प्रतिवेदन तयार पारेपछि एयर अपरेसन सर्टिफिकेट प्राप्त हुने श्री एयरलाइन्स कम्पनीका महाप्रबन्धक अनिल मानन्धरले बताए। अन्तर्राष्ट्रिय उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार कम्पनीलाई उडान परीक्षणका लागि अनुमति दिएको हो।

श्रीसँग बम्बार्डिएरको ५० सिट क्षमताका २ वटा र ७० सिट क्षमताका दुईवटा जहाज छन्। हाल नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। श्रीले सरकारले इजाजत दिएमा भारतबाहेक तेस्रो देशहरुमा पनि उडान गर्न आफू सक्षम रहेको दावी गर्दै आएको छ। कम्पनीले बंगलादेश, थाईल्याण्ड, चीन र खाडी मुलुकहरुमा अन्तर्राष्ट्रिय उडान गर्ने जनाएको छ।

आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न श्रीले आफ्नो व्यापारिक योजनालाई फराकिलो बनाएको जनाएको छ। श्री एयरलाइन्सले अहिले आन्तरिक अन्तर्गत भद्रपुर, बिराटनगर, भैरहवा नेपालगञ्ज र धनगढीमा उडान गर्दै आइरहेको छ। श्री एयरलाइन्ससँग अहिले ३ वटा जहाज छन्।

क्यानडाको बम्बार्डियरबाट उत्पादित सीआरजे सिरिजका तीनवटा जेट विमान नै अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्रयोग गर्ने श्रीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .