कारोबार


अर्थमन्त्री विष्णु पौडेलले मागे बजेटका लागि सुझाव

अर्थमन्त्री विष्णु पौडेलले मागे बजेटका लागि सुझाव

नेपालखबर
चैत १९, २०७७ बिहिबार ६:४५,

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव माग गरेका छन्।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी आरम्भ गरेको जानाकारी दिदै उनले सो बजेटमा समावेश गर्नका लागि सुझाव माग गरेका हुन्।

हरेक वर्ष आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसदमा प्रस्तुत गरी पारित गर्नुपर्ने संवैधानिक प्रावधान छ।

अर्थमन्त्री पौडेलले इच्छुक व्यक्तिले सुझाव पठाउन भनी आफ्नो व्यक्तिगत इमेल ठेगाना ([email protected]) सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।

अर्थ मन्त्रालयले चैत १ गते कार्यतालिका नै सार्वजनिक गरेर बजेट निर्माणको काम तीव्र पारेको छ।

यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका

यसअनुसार चैत १ देखि २० सम्म बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिहरुको सूचकसम्बन्धी विवरण तयार गर्ने,

चैत १० देखि वैशाख ५ गतेसम्म बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना गरी सुझाव संकलन गर्ने,

चैत १४ देखि चैत २६ गतेसम्म राष्ट्रिय योजना आयोगको बजेट नीति तथा कार्यक्रमबारे छलफल गर्ने,

चैत १५ गतेसम्म विभागहरुले बजेट तर्जुमा नीति तयार गर्नुपर्ने,

चैत १५ देखि निरन्तर रुपमा नेपाल राजस्व बोर्ड विकास समितिमा प्राप्त सुझावउपर छलफल गर्ने,

अन्तिम मिति चैत १५ सम्म एलएमबीआईएसमार्फत विषयगत मन्त्रालयहरुले बजेट प्रस्ताव गर्ने,

चैत १९ देखि २३ गतेसम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे संसदहरुसँग प्रदेशगत छलफल ९अन्तर सरकारी वित्त परिषद्को बैठक समेत० गर्ने,

चैत २२ देखि ३१ गतेसम्म प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल ९सशर्त अनुदान० गर्ने,

वैशाख २ देखि बैशाख २५ सम्म मन्त्रालयगत बजेट कार्यक्रम र खर्च शीर्षगत छलफल,

चैत २६ गतेदेखि वैशाख २५ गतेसम्म सरोकार निकायका प्रमुखहरु तथा विज्ञहरुसँगको सुझाव लिने,

वैशाख २५ गतेसम्म विनियोजन विधेयक सिद्धान्तहरुको प्राथमिकताको मस्यौदा तयार गर्ने,

वैशाख २० मा विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकता संघीय संसदको दुवै सदनमा पेश गर्ने,

वैशाख २५गसम्म प्राविधिक सहायता र अन्य गैरसरकारी संस्थामार्फत परिचालन हुने सहायता एकीन गर्ने,

वैशाख ३० गते आर्थिक सर्वेक्षणलाई अन्तिम रुप दिई छपाइ गर्ने तथा मन्त्रालयगत प्रगति विवरण छपाइ गर्ने,

जेठ ५ गते राजस्व बोर्ड विकास समतिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई पेश गर्ने,

जेठ १० गते राष्ट्रपतिलाई बजेट ब्रिफिङ गर्ने,

जेठ १० गते व्यय अनुमान को प्रारम्भिक मस्यौदा तयार गर्ने,

जेठ १० गते व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अंक रुजुसहितको अन्तिम मस्यौदा तयार गर्ने,

जेठ १२ गते व्यय अनुमानसम्बन्धी किताब छपाइको लागि प्रेसमा पठाइने,

जेठ १३ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने,

जेठ १३ गते बजेट वक्तव्यलाई अन्तिम रुप दिने,

जेठ १४ राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषदमा बजेट ब्रिफिङ

जेठ १४ गते आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र बजेट वक्तव्य छपाइ गर्ने,

जेठ १४ गते संघीय संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण पेश गर्ने,

जेठ १५ गते संघीय दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad