कारोबार


नारायणघाट-बुटवल सडक तोकिएकै समयभित्र सम्पन्न गर्न संसदीय समितिको निर्देशन

नारायणघाट-बुटवल सडक तोकिएकै समयभित्र सम्पन्न गर्न संसदीय समितिको निर्देशन

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ११:४०,

संसदीय समितिले निर्माणाधिन नारायणघाट-बुटवल सडकखण्डको निर्माण कार्य तोकिएकै समय भित्र सम्पन्न हुनेगरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले नारायणघाट-बुटवल सडक खण्ड आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न हुने गरी शुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

पूर्वतयारी बिना काम अगाडि बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पुरा गरी तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम सुरु गर्न निर्देशन दिएको हो। समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको होडिङ बोर्ड लगायतका डकुमेन्टहरु अंग्रजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

बैठकका निर्णयहरु सुनाउँदै समिति सभापति कल्याणी कुमारी खड्काले भनिन्, ‘पूर्वपश्चिम राजमार्ग नेपालको लाइफलाइन भएको र यस राजमार्गबाट ठूलो मात्रामा यात्रुहरु आवत् जावत् गर्ने भएको हुँदा यस खण्ड अन्र्तगत पर्ने निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम पूर्वतयारी बिना अगाडि बढाइएको तथा न्युन क्षमताका निर्माण व्यवसायीबाट काम भइरहेकोले आयोजना समयमा सम्पन्न हुन नसक्दा यात्रुहरुले अनावश्यक रुपमा सास्ती बेहोर्नु परिरहेकाले गुणस्तरीय रुपमा तोकिएको समयमा आयोजना सम्पन्न हुनेगरी कार्य अगाडि बढाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ। नेपालमा सञ्चालन हुने गरेका कतिपय सडक आयोजना तथा अन्य भौतिक पूर्वाधारका आयोजनाहरुको होर्डिङ बोर्ड तथा त्यस्ता आयोजनाहरुको बारेमा लेखिएका डकुमेन्टहरुमा अंग्रेजी भाषा परेको पाइएको हुँदा आयोजनाका बारेमा लेखिएका डकुमेन्टहरु आम नागरिकले स्पष्ट बुझ्ने गरी नेपाली भाषामा पनि लेख्ने व्यवस्था गर्नु, गराउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ।’

समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी पूर्वाधार विकास आयोजनाका सम्बन्धमा समितिमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेका कारण विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञहरुसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति खड्काले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad