कारोबार


भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलको ट्राफिक अस्तव्यस्त, जहाज अवतरण गर्न सकेनन्

भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलको ट्राफिक अस्तव्यस्त, जहाज अवतरण गर्न सकेनन्

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १०:२१,

भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलको ट्राफिक अस्तव्यस्त भएको छ ।

दिउँदा २ बजेदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा कुनै पनि जहाज अवतरण गर्न नसकेको विमानस्थलले जनाएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको बताएका छन् ।

‘२ बजेदेखि भिजिबिलिटी कम हुँदा ८ वटा आन्तरिक उडानका जहाज त्रिभुवन विमानस्थल आउन सकेका छैनन्’, कर्णले नेपालखबरसँग भने, ‘हङकङबाट आएको एउटा जहाज होल्डमा रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad