भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरछेउ विस्फोटक पदार्थ राखेको आरोपमा हाल हिरासतमा रहेका निलम्बित प्रहरी अधिकारी सचिन वझेविरुद्ध १० दिन म्याद थप गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईका निलम्बित सहायक प्रहरी निरीक्षक वझेलाई आगामी अप्रिल ३ तारिखसम्म हिरासतमै राख्न विशेष अदालतले आदेश दिएको हो।
अदालतमा सुनुवाइका क्रममा उनले आफूलाई बलिको बोको बनाइएको दाबी गरेका थिए।
पृष्ठभूमि : अम्बानीको घरमा विस्फोटक पदार्थ : निलम्बित प्रहरी अधिकारी वझेविरुद्ध ठूलो मुद्दा
3
Shares

प्रतिक्रिया