मेरिकोको केश तेल ब्राण्डहरु मध्ये एक निहारको एक विशेष उत्पादन 'निहार आयुर्वेदिक ठण्डा तेल' को अब नेपालमा बिक्री शुभारम्भ भएको छ।
यो शितलता दिने तेलमा १० आयुर्वेदिक तत्वहरु जस्तै पुदिना, ब्राह्मी, जटामांसि, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवल तेल लगायत अन्य जडिबुटिहरुको अनुपम समिश्रण रहेको छ, जसले आजको तनावपूर्ण समयमा तनाव कम गर्न तथा माँशपेसीहरु र शरीरलाई आराम प्रदान गर्न सहयोग गर्दछ।
निहार आयुर्वेदिक ठण्डा तेलको निर्माण नेपाली उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिएको हो।
यो ठण्डा तेलका साथै निहारले नेपाली उपभोक्ताहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका केश तेलहरु निहार शान्ति बदाम अमला तेल, निहार ज्यास्मिन नरिवल केश तेल तथा निहार अलमोन्ड तेल पनि उपलब्ध गराइरहेको छ।
निहार ज्यास्मिन नरिवल केश तेलमा नरिवल र मेथीको दोहोरो गुण छ, जसले कपाललाई पोषण दिन्छ र कपाललाई बलियो तथा बाक्लो बनाउँछ। निहार अलमोन्ड तेलमा भिटामिन इ को गुण भरपूर छ , जसले रेशमी र मजबुत कपाल बनाउन मद्दत गर्छ।
सबैभन्दा पछिल्लो उत्पादन निहार आयुर्वेदिक ठण्डा तेलले विद्यमान उत्पादनको सूचीलाई व्यापक बनाउने र निहार ब्राण्डको वृद्धि गर्ने लक्ष्य लिएको छ। ३ भिन्न साईजहरु–१०० मिलि, २०० मिलि र ५०० मिलिमा उपलब्ध निहार ठण्डा तेल नेपालभरका स्टोरहरुमा उपलब्ध गराइनेछ।

प्रतिक्रिया