कारोबार


डिशहोममा ‘मधेश प्लस’ च्यानल, स्थानीय भाषाका कार्यक्रम र टेलिश्रृंखला प्रशारण हुने

डिशहोममा ‘मधेश प्लस’ च्यानल, स्थानीय भाषाका कार्यक्रम र टेलिश्रृंखला प्रशारण हुने

नेपालखबर
चैत ५, २०७७ बिहिबार ९:४६,

नेपाली टेलिभिजनको दुनियाँमा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको ‘मधेश प्लस’ च्यानल सञ्चालनमा ल्याएको छ।

डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भइरहेको छ। नेपालमै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगाएतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रथमिकताका साथ प्रशारण गर्ने तयारी च्यानलले गरिरहेको छ।

‘मधेश प्लस’ च्यानलमा हरेक शुक्रवार राति ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिसृंखला मिथिलाञ्चली प्रशारण भइरहेको छ। जुन सिरियललाई दर्शकहरुले रुचाउनुका साथै राम्रो प्रतिकृया जनाएका छन्। यसै लोकप्रियतालाई ध्यानमा राखेर मधेस प्लस च्यानल मार्फत डिशहोमले विभिन्न मधेश केन्द्रित कन्टेन्ट प्रशारण गर्ने तयारी गरिरहेको छ।

हरेक शनिवार दिउँसो १ वजे भोजपुरी भाषामा हलिउड चलचित्र प्रशारण गरिरहेको छ भने दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रशारण गरिरहेको छ। चाँडै यो च्यानलमा स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी भइरहेको छ।

लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ।

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागि राईम्स र जुनिएर टिभी, घरमा नै बसेर नयाँ नयाँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेको मा मधेश क्षेत्रमा प्रचलित भाषाका सामग्री समेटिएको मनोरञ्जनात्मक ‘मधेस प्लस’ नाममा च्यानल सञ्चालनमा ल्याएको।

यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ। साथमा भोजपुरी, मैथली, थारु लगाएतका भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जसबाट क्षत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभा लाई समेत नेपाल भर पुर्‍याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ।

आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागि भिन्न खालका सामग्री प्रशारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad