सुनको मूल्य आज पनि अघिल्लो दिनकै मूल्यमा यथावत् देखिएको छ।
आज मंगलबार छापावाल सुन ८६ हजार ६ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।
त्यस्तै तेजाबी सुन ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज प्रतितोला पाँच रुपैयाँले बढेको छ। अघिल्लो दिन १२ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला मूल्य १२ सय ८० पुगेको छ।

प्रतिक्रिया