कारोबार


होमस्टे सेवा गाउँ पर्यटनको आधारस्तम्भ : मन्त्री ढकाल

होमस्टे सेवा गाउँ पर्यटनको आधारस्तम्भ : मन्त्री ढकाल

नेपालखबर
चैत २, २०७७ सोमबार १४:५१,

होमस्टे सेवा गाउँ पर्यटनको आधारस्तम्भको रुपमा सावित भएको सँस्कृति, पर्यटन, नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले बताएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरीका होमस्टेकर्मीहरुको सहभागीतामा भएको तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा सो कुरा बताएका हुन्।

समुदायमा आर्थिक, सामाजिक र प्राकृतिकरुपमा समृद्धि ल्याउन होमस्टे सेवालाई विस्तार गर्दै लगिनुपर्ने मन्त्री ढकालले बताए। विश्वब्यापी महामारीको रुपमा रहेको कोरोनाका कारण लकडाउन पछिको रोजाई होमस्टे क्षेत्र रहेको छ। स्वच्छ र सफा सुन्दर गाउँ पर्यटनले नै समुदायमा आर्थिक समृद्धि हुने उनको भनाइ छ।

कार्यशाला गोष्ठीमा देशैभरबाट छानिएर आएका २१५ जना अगुवा होमस्टेकर्मीहरुको सहभागिता रहेको थियो।

कार्यशाला गोष्ठीको अवसरमा ७ वटै प्रदेशका उत्कृष्ट होमस्टेहरु साँघु कोलडाँडा सामुदायिक होमस्टे(ताप्लेजुङ्ग), सुनाखरी सामुदायिक होमस्टे(पर्सा), नागार्जुन सामुदायिक होमस्टे(काठमाडौं), सुन्तलाबारी सामुदायिक होमस्टे(स्याङ्जा), जगदिशपुर सामुदायिक होमस्टे(कपिलवस्तु), आफर सामुदायिक होमस्टे (सुर्खेत), र थारु सामुदायिक होमस्टे(कैलाली) लाई सम्मान गरिएको थियो।

३ दिनसम्म सञचालन गरिएको कार्यशाला गोष्ठिमा पशुपति न्यौपानेबाट होमस्टेको अवसर तथा चुनौतीे, रामचन्द्र सेढाईंबाट कर्णाली प्रदेशमा होमस्टे, दीपकराज जोशीबाट कोभिड १९ पछिको होमस्टेमा स्वच्छता, डा. आलोक प्रसाईंबाट नेपालमा होमस्टेको नितीगत व्यवस्था र राजेन्द्रप्रसाद त्रिपाठीबाट होमस्टेमा तालिम, विकास तथा बजारीकरण विषयमा प्रस्तुत गरिएका कार्यपत्रहरुमाथि छलफल भएको थियो।

यसैगरी होमस्टे पर्यटनका सन्र्दभमा होसानसँग सहकार्य गर्दै आइरहेका संस्था तथा निकायहरु पर्यटन विकास आयोजना कर्णाली प्रदेश, तारागाँउ विकास समिति, नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक लि., कम्यूनिटी होमस्टे डट कम, रैथाने एग्रि प्रड्क्स, गरीबी निवारण कोष, जुवलोजिकल सोसाईटी अफ लण्डन, डब्लु डब्लु एफ नेपाल, राष्ट्रिय युवा परिषदबाट हुँदै आइरहेको कामको समिक्षा गर्दै आगामी दिनमा होसानसँग गर्न सकिने सहकार्यका विषयमा छलफल गरिएको थियो।

कार्याशाला गोष्ठी ७ बुँदे सुर्खेत घोषणा पत्र जारी गर्दै समापन भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad