मुलुकमा कोरोना भाइरस संक्रमण बढेसँगै मास्क उत्पादन व्यवसाय फैलिएको छ।
कोरोना महामारीमा मास्कको माग बढेपछि ह्वात्तै बढेको आयातलाई मध्यनजर गर्दै स्वदेशमै उत्पादनको क्रम पनि बढेको हो।
बजारमा मास्कको माग बढ्न थालेपछि मुलुकभित्र उत्पादन सुरु पनि भयो तर आयात भने अझै कम भएको छैन।
मुलुकभित्रै मास्क उत्पादन गर्ने भनेर सानादेखि ठूला मेसिन आयात बढिरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ। यसअनुसार गएको सात महिनामा मात्रै ५ सय ३५ वटा मास्क बनाउने मेसिन आयात भएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा २२ करोडका ५ वटा ३५ मास्क बनाउने मेसिन भित्रिएको तथ्यांक विभागले उल्लेख गरेको छ।
कोरोना भइरस संक्रमण लामो समय रहने भएपछि मास्कको माग बढ्दै जाने देखिन्छ। यसै मागलाई ध्यानमा राखेर मास्क उत्पादनमा व्यवसायीहरु लगानी गरिरहेका छन्।
गत वर्षभर मुलुकमा मास्क बनाउने २८ वटा मास्क आयात भएका थिए। ५ करोड ४० लाख रुपैयाका उक्त मेसिन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
मुलुकमा हरेक महिना मास्क बनाउने मेसिन आयात बढिरहेको भए पनि मास्क आयात पनि कमी भएको छ।
मास्क बनाउने मेसिन आयात बढिरहेको बेला तयारी मास्कको आयात पनि बढिरहेको छ।
भन्सार विभागको तथ्यांकअनुसार गएको सात महिनामा मुलुकमा ५१ करोड ५९ लाख ३७ हजारको मास्क आयात भएको छ। नेपालमा ४० वटा मुलुकबाट उक्त मास्क आयात भएको थियो।
नेपालले गरिब देश हैटीदेखि कम्बोडिया र नेपालीको लागि अपरिचित देश तोकेलौसम्मबाट मास्क आयात गरेको छ।
नेपालले मास्क आयात गरेको देशहरुमा अफगानिस्तान, अष्ट्रेलिया, अष्ट्रिय, बंगलादेश, बेल्जियम, कम्बोडिया, क्यानडा, चीन, चे रिपब्लिक, फ्रान्स, जर्मनी, हैटी, हङकङ, भारत, इजरायल, इटाली, जापान, जोर्डन, केन्या, कोरिया, मलेसिया, मेक्सिको, म्यानमार, नेदरल्याण्ड, फिलिपिन्स, पोर्चुगल, कतार, साउदी अरेविया, सिंगापुर, श्रीलंका, स्वटजरल्याण्ड, स्विडेन, ताइवान, थाइल्याण्ड, तोकेलौ, युक्रेन, युनाइटेड अरब इमिरेट, बेलायत, अमेरिका र भियतनाम रहेका छन्।

प्रतिक्रिया