डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालन गरेको छ।
कार्यक्रम ‘कमेडी क्याफे’ २०७७ फागुन २२ गते देखि डिशहोमको रियलिटी टिभी च्यानल नं १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ।
विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसँगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई प्रंक कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन्।
हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने ब्यतिलाई प्रंक गर्छन्।
यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया