कारोबार


सेयरबजार २४ सयबाट पनि झर्‍यो, सूचक १८ अंकले घट्दा ४ अर्बको कारोबार

सेयरबजार २४ सयबाट पनि झर्‍यो, सूचक १८ अंकले घट्दा ४ अर्बको कारोबार

नेपालखबर
चैत २, २०७७ सोमबार १०:१५,

सेयरबजारमा आज १८.०७ अंकको गिरावट आएको छ। आजको गिरावटसँगै नेप्से परिसूचक २३८९.१९ विन्दुमा रोकिएको छ।

आज सेन्सिटिभ सूचक पनि ५.०७ अंकले ओरालो लागेको छ। साताको दोस्रो दिनको कारोबारमा २ सय १२ कम्पनी सामेल भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज ५२ हजार ३ सय ९ पटक खरिदबिक्री भएको छ। यसमा ९६ लाख ४ हजार ५ सय २९ कित्ता सेयर किनबेच भएको हो। उक्त किनबेचमा ४ अर्ब २४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।

सोमबार व्यापार, होटल तथा पर्यटन, उत्पादन, म्युचुअल फन्ड र लगानी समूहबाहेक बाँकी समूहको सूचक राताम्य भएका छन्।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक ४३ करोड रुपैयाँको कारोबार भएको छ। दोस्रो ठूलो कारोबार भने माथिल्लो तामाकोशीले गरेको छ। उसको २९ करोडको कारोबार भएको हो। त्यस्तै नबिल बैंकको १९ करोडको, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ९० लाखको र एनआईसी एसिया बैंकको १२ करोड ५७ लाखको कारोबार भएको छ।

त्यस्तै आजको कारोबारमा चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रोलगायतका लगानीकर्ताले कमाएका छन्। गुमाउने लगानीकर्ताले भने आज ६.२५ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad