कारोबार


खप्तड छेडेदह गाउँपालिकामा हिमालयन बैंकको ‘एक घर एक बैंक खाता’

खप्तड छेडेदह गाउँपालिकामा हिमालयन बैंकको ‘एक घर एक बैंक खाता’

नेपालखबर
चैत १, २०७७ आइतबार ११:४,

हिमालयन बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा सञ्चालित ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

हिमालयन बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’ अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा उक्त समाग्रीहरु विद्यालयहरुका प्रधानाध्यापक तथा विद्यालयका  प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका तर्फबाट प्रादेशिक कार्यालय धनगढीका निर्देशक शुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख किरण रिजाल र गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतको उपस्थिति रहेको थियो।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा बाजुरा जिल्लाको छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य स्वरुप त्यहाँका सामुदायिक विद्यालयहरुलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए।

त्यसै गरी कार्यक्रमका सभापति तथा गाउँपालिकाका अध्यक्ष रावतले बैंकको सहकार्य र सहयोग प्रति धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad