हङकङको प्रदर्शन गुरिल्ला शैलीमा परिणत

हङकङको प्रदर्शन गुरिल्ला शैलीमा परिणत

नेपालखबर
साउन २६, २०७६ आइतबार १२:२७,

एससीएमपीका अनुसार शनिबार सरकार विरोधी प्रदर्शनकारीले प्रदर्शनका नयाँ शैली अपनाएका थिए भने प्रहरीले पनि प्रदर्शनलाई नियन्त्रणमा लिन नयाँ तवर र तरिका अपनाएको देखिएको थियो।

विश्लेषकहरुले यतिबेला हङकङको प्रदर्शन गुरिल्ला शैलीमा परिणत भएको बताइहेका छन्।

प्रहरीले शनिबार पनि प्रदर्शनकारीको भिडलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँसको प्रयोग गरेका थिए। प्रदर्शनकारीले भने प्रहरीमाथि पेट्रोल बमका बोतलहरु प्रहार गरेका थिए।

प्रदर्शनकारीले प्रहरीमाथि लुकेर आक्रमण गर्ने शैली देखिएको जनाइएको छ।

हप्तादिन अगाडि मात्र हङकङमा केन्द्र सरकारले जनमुक्ति सेना खटाउने चेतावनी दिएपछि प्रदर्शन झन हिंस्रक बन्दै गएको हो।

शनिबार हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिक एयरवेजले दुई कर्मचारीलाई निश्कासित गरेका थिए।

प्रहरी र यात्रुको सूचना प्रदर्शनकारीलाई प्रदान गरेको आरोपमा उनीहरुलाई एयरवेजले कामबाट निकालेको जनाएको छ।
हङकङमा त्यहाँको सरकारले प्रस्ताव गरेको सुपुर्दगी विधेयकलाई लिएर वृहत प्रदर्शन भइरहेको हो।

केही समययता जारी प्रदर्शनले हिंस्रक रुप लिँदै गएको छ। लाखौं प्रदर्शनकारीले यस विधेयकको विरोध गरिरहेका छन्।

विरोधका बीच उक्त विधेयक छलफलमा जान सकेको छैन्। हङकङको सुपुर्दगी विधेयक अनुसार हङकङ सरकारले अपराधमा आरोपित व्यक्तिहरुलाई चीनमा अनुसन्धानका लागि पठाउनसक्ने प्रावधान भएको बताइएको छ।

Image result for tear gas in hongkong

हङकङको स्वतन्त्रता गुम्ने खतरा भएकाले आन्दोलन गरेको प्रदर्शनकारीहरुको भनाइ छ। सरकार भने यस विधेयक पारित भए पनि हङकङको स्वतन्त्रतामा कुनै असर नपुग्ने बताउँछ।

हङकङको प्रदर्शन यति वृहत भइसकेको छ। प्रदर्शनकारीहरु चीनकै झण्डा जलाएर वेलायती झण्डा बोक्न तयार भइसकेका छन्।

त्यहाँको सरकारका अनुसार सिमित बिखण्डनवादीले हङकङका नागरिकलाई चीनको विरोध गर्न उक्साइरहेका छन्। चीन पश्चिमा देशको घुसपेठ भएको आशंका गर्दछ।

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .