राजनीति


सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर

सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ९:२०,

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिमा हस्ताक्षर भएको छ।

शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सरकार र नेकपाबीच बिहीबार बिहान तीनबुँदे सहमति भएको थियो।

दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।

सोही सहमतिको विस्तृत विवरण आज हस्ताक्षरका साथ सार्वजनिक गरिएको हो।

यस्ता छन् सहमतिका तीन बुँदा

१. दुवै पक्ष नेपाल सरकार र नेकपा वार्ता र संवादबाट समस्या समाधान गर्न सहमत भएका छन्।

२. नेकपाले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमति भएकाे छ। 

३. सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउन, जेलमा रहेका बन्दी रिहाइ गर्न र नेकपा नेतामाथिका सबै मुद्दा खारेज गर्ने सहमति भएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .