सगरमाथा आरोहणका लागि बहराइनको राजपरिवार सदस्यसहितको १६ जनाको टोली नेपाल आउँदै छ।
मनास्लु र लोबुचे हिमाल आरोहण गरेको टोली चैत २ गते नेपाल आउन लागेको हो।
नेपाली राजदूतावास बहराइनले मार्च १५ अर्थात चैत २ गते नेपाल प्रस्थान गर्ने जनाएको छ।
आरोहणमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक नेपाल आउनेछन्।
विशेष विमानबाट नेपाल आउने टोली ७९ दिन नेपाल रहने कार्यक्रम रहेको छ। नेपालमा खान बस्न तथा सगरमाथाको आरोहणमा सहयोग सेभेन समिटले गर्ने छ।
१६ जनाको टोली २०२० अक्टोबरमा नेपाल आएको थियो।
यो पनि –
दुई हिमाल आरोहण गरेपछि बहराइनका राजकुमारले भने– ‘नेपाल मेरो दोस्रो घर’
बहराइनका राजकुमारसहितको टोलीले चढ्यो ६११९ मिटर अग्लो लोबुचे हिमाल

प्रतिक्रिया