ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रुपैयाँबराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री आजदेखि खुल्ला गरेको छ।
निष्काशन भएको ६६ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको र ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता साधारण सेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरको बिक्री शुक्रबार खुल्ला गरिएको कम्पनीले जनाएको छ।
एनएमबी क्यापिटल लिमिटेडले कम्पनीको बिक्री प्रबन्ध मिलाएको छ। छिटोमा २६ गतेसम्म र ढिलोमा चैत ६ गतेसम्म निष्काशन बन्द हुनेछ।
कम्पनीको सेयर आवेदन दिन चाहनेले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मको लागि आवेदन दिन पाउनेछन्।
कम्पनीको आव २०७३/०७४ मा प्रतिसेयर नेटवर्थ १००.६३ रुपैयाँ, प्रतिसेयर आम्दानी ०.६३, नेटवर्थमा प्रतिफल ०.६२ प्रतिशत र सञ्चित नाफा ९६ लाख ५० हजार, आव २०७४/०७५ मा प्रतिसेयर नेटवर्थ १०८.४७ रुपैयाँ, प्रतिसेयर आम्दानी ७.८५ रुपैयाँ, नेटवर्थमा प्रतिफल ७.४० प्रतिशत र सञ्चित नाफा ११ करोड ५९ लाख ९९ हजार रुपैयाँ र २०७५ /०७६ मा प्रतिसेयर नेटवर्थ १२०.२९, प्रतिसेयर आम्दानी ११.८२ रुपैयाँ, नेटवर्थमा प्रतिफल ९.८३ प्रतिशत र सञ्चित नाफा १९ करोड ७८ लाख ३८ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै गत पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार आव ०७६/०७७ मा प्रतिसेयर नेटवर्थ १३२.९४ रुपैयाँ, प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ, नेटवर्थमा प्रतिफल ९.५१ प्रतिशत र सञ्चित नाफा २८ करोड ६४ लाख १ हजार रुपैयाँ रहेको थियो।

प्रतिक्रिया