राजनीति


संसदबाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउँदैनौँ : मन्त्री अर्याल

संसदबाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउँदैनौँ : मन्त्री अर्याल

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ५:३७,

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताएकी छन्।

गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता)को एवं बिरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालविघि र प्रक्रियाबाट सरकार हटाए आफूहरुलाई स्वीकार्य हुने बताएकी हुन्।

सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको आरोप लगाइन्।
‘हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौँ। हामी जनताका मान्छे हौँ, जनताको बीचमा आउँदा खुसी नै हुन्छौं’, मन्त्री अर्यालले भनिन्, ‘तर संसद आह्वान भएको छ। प्रधानमन्त्री हटाउछौँ भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ। संसद् शुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउने वाला छैनौं।’

पार्टीका शीर्ष नेतृत्वबीचको अस्वस्थ खेल, पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको बताउनुभयो । यसले अस्थिरता ल्याएको भन्दै उहाँले फेरि सत्ताको गणितीय खेल शुरु भएको भन्दै यसले मुलुकमा स्थायी सरकारको परिकल्पना भताभुंग पारिदिएको बताइन्।
मन्त्री अर्यालले ओली नेतृत्वको सरकारले इतिहासमा छुटाइएको लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारमाथि हमला भएको बताइन्। ‘यै सरकार हो जसले खुट्टा नकमाइकन इतिहासमा गुमेको भूमि समेटेर नक्सा जारी गर्यो। नक्सा जारी गरेको फल आज हामीले चाख्दैछौ’, मन्त्री अर्यालले भनिन्, ‘त्यैबेलादेखि यो सरकार नफाली हुँदैन भनेर लागे।’

जनताले विश्वास गरेपछि सरकारले विकासको मूल फुटाउँदै गर्दा सत्ताधारी पार्टीमै ठूलो समस्या उत्पन्न भएको भन्दै उनले धेरै वार्ता तथा छलफलबाट पनि निकास ननिस्किएपछि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको बताए। संसद् विघटन पहिलो घटना नभएको भन्दै उनले बाध्यकारी विकल्पका रुपमा संसद् विघटन गरिएको बताए।

अदालतले एउटा निचोड दिइसकेको अवस्थामा त्यसको सम्मान गरेर जानुपर्ने भन्दै उनले अदालतमा मुद्दा चलिरहँदा केपी ओलीले सेटिङ गरेको छ भनेर शीर्ष नेताहरुले आरोप लगाए पनि अहिले एउटा रिजल्ट आएको अवस्थामा त्यसको सम्मान गरेर सरकारले प्रतिनिधिसभाको बैठक आह्वान गरिसकेको बताइन्।
मिलेर नै मुलुक बनाउन, जनताको चाहना पूरा गर्न सकिने बताउदै मन्त्री अर्यालले पुनः पार्टी एकतामा फर्केर मुलुक बनाउने दिशामा अगाडि बढ्न आग्रह समेत गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad