ad ad

कारोबार


अब आईपीओ नतिजा सजिलै हेर्न सकिने, सीडीएसले ल्यायो नयाँ वेवसाइट

अब आईपीओ नतिजा सजिलै हेर्न सकिने,  सीडीएसले ल्यायो नयाँ वेवसाइट

नेपालखबर
फागुन १५, २०७७ शनिबार ६:५१,

साधारण सेयर (आईपीओ) बाँडफाँटको नतिजा हेर्न लगानीकर्ताहरुलाई असहज भएपछि सीडीएस एन्ड क्लियरिङले आईपीओ नतिजामात्र हेर्नेगरी छुट्टै वेवसाइट सुरु गरेको छ।

आईपीओ भर्नेको संख्या ह्वात्तै बढेको र आईपीओ बाँडफाँटपछि नतिजा हेर्न धेरै ठाउँ भौतारिनुपर्ने र साइटहरु नखुल्ने समस्या भएपछि सीडीएसले आफ्नो छुट्टै वेवसाइट सुरु गरेको जनाएको छ।

उसकाअनुसार अब कुनै पनि प्राथमिक सार्वजनिक निष्काशन भएका धितोपत्रको नतिजा ‘आईपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपी’मा हेर्न सकिने छ।

यसअघि कम्पनीले आईपीओ हेर्नको लागि सम्बन्धित निष्काशन कर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धको बेभ साइटमा राख्ने प्रबन्ध गरेको थियो।

यही व्यवस्थापनसहित शुक्रबार महिला लघुबित्तको आईपीओ बाँडफाँट नतिजा सो कम्पनी र सार्वजनिक निष्काशनको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल अएबीआई मर्चेन्ट बैंकिङको वेवसाइटमा राखिएको थियो। तर, लगानीकर्ताको अन्याधिक चापका कारण दुवै वेभसाइटले काम गर्न नसकेपछि नतिजा हेर्नेहरु हैरान भएका थिए।

यही समस्यालाई समाधान गर्न भनेर सीडीएसले आईपीओ हेर्ने नयाँ वेभसाइट सार्वजनिक गरेको हो। सार्वजनिक निष्काशनको नतिजामात्र राखिने उक्त पोर्टल सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दासमेत सहज रुपमा सञ्चालन गर्न सकिने गरी उच्च क्षमतामा तयार गरिएको जनाएको छ।

सो पोर्टलमा लगानीकर्ताले सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा बाँडफाँड सम्पन्न हुते बित्तिकै यथाशीघ्र सहज रुपमा हेर्न सकिने जनाएको छ। सो पोर्टलमा अहिले महिला लुघवित्तको फाँडफाँटको नतिजा हेर्न सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .