कारोबार


काठमाडौंमा बर्डफ्लु : साढे १५ हजार पन्छी नष्ट, पशु विभागले जारी गर्‍यो ४ बुँदे अपिल

काठमाडौंमा बर्डफ्लु : साढे १५ हजार पन्छी नष्ट, पशु विभागले जारी गर्‍यो ४ बुँदे अपिल

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार ५:३५,

काठमाडौंको तारकेश्वरमा बर्डफ्लु संक्रमण देखिएकाले झन्डै साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिँदै पशु सेवा विभागले यो नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गरेको छ।

विभागले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी नष्ट गरिएको हो।

बर्डफ्लु रोग तुरुन्त नियन्त्रण गर्न तथा अन्यत्र फैलिन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित सबै निकाय परिचालन गरी संक्रमण फैलिन सक्ने पन्छीलगायत सबै वस्तु नष्ट गरिएको छ।

त्यस क्रममा बर्डफ्लु देखिएको क्षेत्रका ५,६५७ लेयर्स कुखुरा, ७,२३६ ब्रोइलर कुखुरा, २,५०४ लोकल कुखुरा, ५० टर्की र १७ बट्टाई नष्ट गरिएको विभागले जनाएकाे छ।

यसैगरी ३५७० वटा अन्डा, ३ हजार केजी दानासमेत नष्ट गरी सुरक्षित स्थानमा विसर्जन गरी संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निःसंक्रमण (संक्रमणरहित) पारिएको विभागकी महानिर्देशक दमयन्ती श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ।

बर्डफ्लु फैलिन नपाओस् भनेर विभागले सम्बन्धित सबैका लागि चारबुँदे अपिल पनि जारी गरेको छ। जुन यसप्रकार छ :

१. फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू गर्न/गराउन हुन

२. सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरफाइसमा विशेष ध्यान दिनहुन

३. घरपालुवा पन्छीलाई जंगली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुला रूपमा गरिने पन्छी पालनलाई निरुत्साहित गर्न/गराउन हुन

४. पन्छी तथा पन्छीजन्य पदार्थको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न/गराउन हुन,  कुनै पनि पन्छी फार्म वा अन्य पन्छी पालन वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मेरमा तत्काल नजिकको पशु निकायमा सूचना गरिदिन हुन।

विभागको अपिल  :

pasuapil

यसअघि :  काठमाडौंमा फेरि बर्डफ्लु, ठूलो संख्यामा कुखुरा मारियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad