समाज


मकवानपुरमा भिरबाट लडेर एकको मृत्यु

मकवानपुरमा भिरबाट लडेर एकको मृत्यु

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार ५:३०,

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा हेटौँडा–१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। उनका अनुसार विकको गुप्तेश्वरी जंगलमा भिरबाट लडेर गए राति नै मृत्यु भएको हो। विक भिरबाट करिब २०० मिटर तल खसेका थिए।

प्रवक्ता रानाका अनुसार, मृतक विकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad