ad ad

कारोबार


हनुमान ढोकादेखि स्वयम्भूसम्म पैदलमार्ग निर्माण गरिँदै

हनुमान ढोकादेखि स्वयम्भूसम्म पैदलमार्ग निर्माण गरिँदै

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १२:१९,

पर्यटन वर्ष २०२० मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले हनुमान ढोका दरबार क्षेत्रदेखि स्वयम्भू मन्दिरसम्म पर्यटकका लागि पैदलमार्ग निर्माण गर्ने भएको छ।

चालू आर्थिक वर्षभित्र हनुमान ढोका दरबार क्षेत्रदेखि स्वयम्भू मन्दिरसम्म पर्यटक प्रवर्द्र्धनका लागि पैदलमार्ग निर्माण गर्न लागिएको महानगरपालिकाले बताएको छ।

पैदलमार्ग निर्माण गुरुयोजना र डिजाइनका लागि आर्थिक वर्ष २०७६÷०७७ को विकास निर्माणअन्तर्गत पाँच करोड रुपैयाँ विनियोजित गरिएको बताइएको छ।

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्रदेखि स्वयम्भूनाथ मन्दिरसम्म २.२ किलोमिटर दूरीमा पर्ने हनुमान ढोका, मरुहिटी, दमाई टोल, नरदेवी, बराङ्खेल, घोराङ्खेल, विष्णुमति र डल्लु हुँदै स्वयम्भूसम्म पैदलमार्ग निर्माण गरिनेछ।

पर्यटन वर्ष २०२० ध्यानमा राख्दै पैदलमार्ग निर्माण गर्न लागिएको बताइएको छ। पर्यटन प्रवर्द्र्धनलाई सहयोग पुर्याउनका लागि दुई सम्पदालाई पर्यटकलाई नजिकबाट चिनाउन मद्दत पुग्ने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .