कारोबार


नेपाल र भारतका आईसीटी कम्पनीहरुबीच सम्झौता

नेपाल र भारतका आईसीटी कम्पनीहरुबीच सम्झौता

नेपालखबर
फागुन १२, २०७७ बुधबार १०:१०,

नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा नेपाल र भारतका आईसीटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आईसीटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका चार कम्पनीहरुबीच सम्झौता भएको हो।

नेपालका आइडिया कन्सल्टिङ् प्रालि, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजिज प्रालि, टिम भर्टेक्स बिजनेस सर्भिस नेपाल र भारतको भर्टेक्स ग्लोबल सर्भिसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

हस्ताक्षर कार्यक्रममा नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष सृजना राणाले भारत र नेपालको आईसीटी कम्पनीहरुलाई कसरी सँगसँगै अगाडि बढाउन सकिन्छ र भारतको प्रविधि नेपालमा ल्याई आईसीटी क्षेत्रको विकास गर्ने उद्देश्यले सम्झौता गरिएको बताए।

कार्यक्रममा विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई आईसीटी उद्योगहरुमा कसरी आवद्ध गराउन सकिन्छ भन्ने सम्बन्धमा समेत छलफल भएको पनि अध्यक्ष राणाले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad