कारोबार


ललितपुरले पनि ल्यायाे साढे ४ कराेडका दुईवटा ब्रुमर

ललितपुरले पनि ल्यायाे साढे ४ कराेडका दुईवटा ब्रुमर

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ६:४४,

ललितपुर महानगरपालिकाले पनि २ वटा ब्रुमर सञ्चालनमा ल्याएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन्। उनले महानगरपालिकालाई धूलोरहित बनाउने अभियानअन्तर्गत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर सञ्चालनमा ल्याइएको बताए।

त्यसैगरी दुईवटा पानी ट्यांकर पनि सञ्चालनमा ल्याइएको छ। अत्याधुनिक प्रविधियुक्त भनिएको सो बु्रमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा सञ्चालन गरिनेछ। मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई पनि जोड दिइएको स्पष्ट पारे।

इटालीमा निर्माण गरिएको दुई वटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ। जेनटक प्राईभेट लिमिटेडबाट बोल पत्र आह्वान गरी खरिद गरिएको सो ब्रुमरको सो रुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या नहुने पनि मेयर महर्जनले विश्वास व्यक्त गरे।

महानगरपालिकाले बुु्रमरसँगै सञ्चालनमा ल्याएको २ वटा पानी टयांकर भने सिप्रडी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैँयामा खरिद गरिएको हो। ठूला बु्रमर सञ्चालन नहुने स्थानहरुमा साना बु्रमरको प्रयोग गरी सफाइ अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad