समाज


काठमाडौँको बिजेश्वरीमा गोली चल्यो

काठमाडौँको बिजेश्वरीमा गोली चल्यो

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ६:४०,

काठमाडौँको बिजेश्वरीमा गोली चलेको छ।

शुक्रबार मध्यान्ह काठमाडौैँ महनगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो।

अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते हुनेमा लोप्साङ लामा भन्ने मिलन तामाङ रहेको अपराध महाशाखाका एसपी केदार ढकालले जनाकारी दिए। उनले तामाङलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेका कारण गोली प्रहार गर्नु परेको बताए। ‘महाशाखाको टोलीले चलाएको गोली उनको घुँडामुनि लागेको छ’, नेपालखबरसँग कुरा गर्दै एसपी ढकालले भने, ‘उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

 एसपी ढकालका अनुसार मिलनले रामेछापको लिखु तामाकाेशी गाउँपालिकाका  अध्यक्ष अध्यक्ष गोविन्द खड्कालाई धम्क्याएर २ करोड फिरौती मागेपछि उनको खोजी भइरहेको थियो। महाशाखको टोलीले मिलनसँगै रहेका अमृत तामाङलाइ नियन्त्रणमा लिएको छ।

 मिलन र अमृत लुटपाट र गुण्डागर्दीमा संलग्न रहेको एसपी ढकालले बताए।

महाशाखाले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad