कारोबार


फलेवास नगरपालिकाले मजदुरको खातामा मासिक रकम जम्मा गरिदिने

फलेवास नगरपालिकाले मजदुरको खातामा मासिक रकम जम्मा गरिदिने

नेपालखबर
फागुन १०, २०७७ सोमबार १२:५९,

पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरका लागि मासिक रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ।

सम्झौता अनुसार मजदुरको ५ सय रुपैयाँ योगदान तथा नगरपालिकाद्वारा ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाँको दरले प्रति महिना रकम जम्मा गरिनेछ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन्।

उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका बिपन्न मजदुरहरुले ६० वर्ष पुगे पश्चात मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफल सहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागीता गराइएको छ। यस पेन्सन योजनाको बैकिङ पार्टनरको रुपमा एनआईसी एसिया बैंक रहेको छ।

नगरपालिकाको यस कार्यक्रमलाई एनआईसी एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने ब्यवस्था समेत गरिएको छ। पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्व अन्र्तगत कोषको तर्फबाट १/१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए।

सो अवसरमा नगरपालिका प्रमुख, उप–प्रमुख लगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको कदम, कोषको सहयोग र सहकार्यको प्रसंशा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad