ad ad

कारोबार


वर्ल्डलिंकलाई टेलिभिजन महासंघले लगायो सिग्नल चोरीको आरोप, गैरकानुनी प्रसारण रोक्न सरकारसँग माग

वर्ल्डलिंकलाई टेलिभिजन महासंघले लगायो सिग्नल चोरीको आरोप, गैरकानुनी प्रसारण रोक्न सरकारसँग माग

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ९:४६,

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले गैरकानुनी रुपमा टेलिभिजन सिग्नल चोरी गरी प्रसारण गरिरहेको भन्दै नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले कारबाही गर्न माग गरेको छ।

वर्ल्डलिंक कम्युनिकेसनले प्रयोग गर्ने एनआईटिभी स्ट्रिमले राष्ट्रिय प्रसारण ऐनबमोजिम प्रसारण इजाजतपत्र प्राप्त नगरेकोले गैरकानुनी रुपमा भएको यस्तो कार्य रोक्न महासंघले सरकारलाई आग्रह गरेको हो।

बिहीबार महासंघका प्रतिनिधिहरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उक्त आग्रह गरेका हुन्।

महासंघले विज्ञप्ति जारी गर्दै ‘एनआईटिभी स्ट्रिमले आफूले स्थापना गरेको डिजिटल प्रसारण केन्द्रबाट सिग्नल वर्ल्डलिंक कम्युनिकेसनलाई प्रसारण गर्दै आएको छ।

‘तर वर्ल्डलिंक कम्युनिकेसनले राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा ६ बमोजिम प्रसारण इजाजतपत्र प्राप्त नगरेको हुँदा उक्त संस्थालाई एनआईटिभी स्ट्रिमले टेलिभिजन प्रसारणको सिग्नल उपलब्ध गराउने कार्य तत्काल बन्द गुर्नपर्ने देखिन्छ भने राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा १७ (सजाय) अनुसार वर्ल्डलिंक कम्युनिकेसनलाई सजाय गर्नुपर्ने देखिन्छ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एनआईटिभी स्ट्रिमले इजाजतपत्र नं. आईपीटिभी–३÷०७१÷७२ मा उल्लिखित शर्तविपरीत हुने गरी डाउनलिंकिङ अनुमति प्राप्त नभएका विभिन्न च्यानलहरु, सेन्सर नै नगरिएका नेपाली तथा विदेश चलचित्र÷कार्यक्रमहरु तथा भिडिओ अन डिमान्ड (भीओडी)अन्तर्गत विभिन्न कार्यक्रमहरु वर्षौंदेखि निर्बाध रुपमा वायरलेस मध्यमबाट करोडौं मोबाइल सेटहरुमा समेत हेर्न मिल्ने गरी ओटीटी÷मोबाइल एप्स ÷आइओएस÷वेभटिभी मार्फत गैर कानुनी रुपबाट प्रसारण गरिरहेको उसले जनाएको छ।

त्यस्ता गैरकानुनी कार्यलाई तत्काल बन्द गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने डाउनलिंक अनुमति प्राप्त गरेर प्रसारणमा गरेको लिनियर कन्टेन तथा च्यानलहरुमात्र प्रसारण गर्न पाउने विद्यमान कानुनको कडाइका साथ पालना गराउनुपर्ने कानुनी बाध्यता रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .