एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल केसी दोहोरिएका छन्।
बैंकको सञ्चालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीईओमा नियुक्त गरेको गर्ने निर्णय गरेको हो।
केसीको ४ वर्षे कार्यकाल यही फागुन अन्तिममा सकिँदै छ। उनलाई चैत १ गतेदेखि लागू हुने गरी पुनः ४ वर्षको जिम्मेवारी दिइएको छ। उनको नेतृतत्वमा बैंकले लगातार बैंक अफ द अवार्ड पाए पनि बैंक उत्साहित रहेको छ।
केसीसँग ३० वर्षभन्दा बढी बैंकिङ अनुभव रहेको छ। केसीले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरु गरेका थिए। एनएमबी बैंकमा भने उनी सन् २००८ मा नायब महाप्रबन्धकको रुपमा छिरेका थिए।
स्नातकसम्म विज्ञान पढेका केसीले एमबीए गरेका छन्। नेपालको राम्रा र क्षमतापूर्ण सीईओको रुपमा चिनिन्छन्।
प्रतिक्रिया