ad ad

कारोबार


सेयरबजारमा १२ खर्बको तरलता, एकैदिन १० अर्बमाथिको कारोबार

सेयरबजारमा १२ खर्बको तरलता, एकैदिन १० अर्बमाथिको कारोबार

नेपालखबर
फागुन ३, २०७७ सोमबार १०:३०,

सेयरबजारमा १२ खर्ब ४० अर्ब रुपैयाँको तरलता रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। योसँगै कुल बजार पुँजीकरण भने ३५ खर्ब ६३ अर्ब बढी पुगेको छ।

पछिल्लो समय सेयरबजारमा कारोबार रकम पनि माथि चढ्दै गएको छ। आजमात्रै १० अर्ब ३८ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ। यद्यपि यो कीर्तिमानी कारोबार भने होइन। केही दिनअघि १० अर्ब ६१ करोडको कीर्तिमानी कारोबार भएको थियो।

डिम्याट खोल्ने संख्या बढेसँगै मोबाइलबाटै सेयर कारोबार हुनथालेपछि लगानीकर्ताहरु बढिरहेका छन्। लगानीकर्ता बढ्दा कारोबारको आकार पनि चुलिँदै गएको छ।

आज बजार परिसूचक नेप्से ९२.४२ अंकले बढेको छ। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १५.३३ अंकले बढेको छ।

दिनभरिमा २०५ कम्पनीको २ करोड २४ लाख बढी कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। आज ६८ हजार ३ सय १९ पटक सेयर खरिदबिक्री भएको छ।

कारोबारमा सामेल १२ वटै समूहको सूचक हरियो हुँदा निर्धन उत्थान लघुवित्तले सर्वाधिक सेयर कारोबार गरेको छ। उक्त लघुवित्तको ७० करोडको कारोबार भएको हो। यसबाहेक नबिल बैंकको पनि ६८ करोडको कारोबार भएको छ।

आज झण्डै तीन दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यी सबैका लगानीकर्ताले राम्रै आम्दानी गर्दा गुमाउनेले भने आज ४.०३ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .