कारोबार


शिवम सिमेन्टसद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

शिवम सिमेन्टसद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ११:३१,

देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्ट्स लि. ले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।

शिवम सिमेन्ट्स लि.ले आफ्नो उद्योग संचालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो। त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थीहरुको लागि स्वीटर तथा ट्रयाकसुट वितरण गरेको हो।

‘विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री तथा शैक्षिक छात्रवृत्तीहरु वितरण गर्दै आइरहेका थियौं। यसै सिलशिलामा यसपटक हामीले चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस् भन्ने अभिप्रायले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हौं’ कम्पनी प्रतिनिधी बताँउछन्।

शिवम् सिमेन्ट्स लि. ले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, आईसोलेसन बेड निर्माणकोलागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्ती, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आईरहकेको छ।

‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ भन्दै गुणस्तरीय उत्पादन तथा विक्रि वितरण गर्दै, देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टले हालमात्रै सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने ‘एनएस क्वालिटी अवार्ड २०१९’ बाट पुरस्कृत हुन सफल भएको छ । ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो।

Trackshot_Distribution1.jpeg

‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

एनएस आईएसओ, आईएसओ, आईएसआई र यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad