चन्द्रपुर नगरपालिका रौतहट राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा पुलिस क्लबले चन्द्रपुरलाई ३–० ले पराजित गरेको हो।
जितसँगै पुलिसले अंक तालिकामा १४ अंक जोडेको छ। वालिङ र पुलिसको समान १४ अंक भए पनि हेड टु हेडमा वालिङ तेस्रो स्थानमा रहेको हो।
खेलको सातौं मिनेटमा सृजना खड्काले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएकी थिईन्। खेलको ५४ औं मिनेटमा पनर्मला विकले अग्रता दोब्बर पारिन्। खेल सकिन पाँच मिनेट अघि रेखा पौडेलले गोल गरेपछि पुलिसले ३–० ले जित दर्ता गरेको हो।
खेलमा चन्द्रपुरले केही सुन्दर मौका पाएपनि सदुपयोग गर्न सकेन। पराजित चन्द्रपुर अंकतालिकाको छैटौं स्थानमा छ।
लिमा भोलि शनिबार शीर्ष स्थानको नेपाल एपीएफ क्लव र तेस्रो स्थानको वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ।
भोलि नै हुने दोस्रो खेलमा विराटनगर नगरपालिका मोरङ र चौदण्डीगढी नगरपालिका उदयपुर खेल्नेछन्।
Shares

प्रतिक्रिया