ट्विटरले सन् २०२० को अन्तिम त्रैमासिकमा कीर्तिमानी राजस्व संकलन गर्न सफल भएको छ।
यसलाई ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले कम्पनीको ‘एउटा असाधारण वर्ष’ भनेका छन्।
सन् २०१९ को अन्तिम तीन महिनाको तुलनामा सन् २०२० को सोही अवधिमा कम्पनीले आम्दानी २८ प्रतिशतले बढेर १ अर्ब २९ करोड अमेरिकी डलर पुगेको हो।
जनवरीमा कम्पनीले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई प्रतिबन्ध लगाएको थियो। यो कदमले कम्पनीलाई नोक्सानी पुग्ने विश्लेषकहरुको अनुमान थियो।
ट्विटरको चौथो त्रैमासिकको वित्तीय प्रतिवेदनअनुसार विश्लेषकको अनुमानलाई पछि पार्दै कमाइ र राजस्व बढेको छ।
डोर्सेका अनुसार ८० प्रतिशत ट्विटरका अडियन्स अमेरिकाबाहिर रहेका छन्।
3
Shares

प्रतिक्रिया