विद्युतीय कार निर्माता टेस्लाले डेढ अर्ब अमेरिकी डलरबराबरको बिटक्वाइन किनेको छ।
भविष्यमा गाडी खरिद भुक्तानी गर्न सकिने गरी गत जनवरीमा क्रिप्टोकरेन्सी बिटक्वाइन खरिद गरेको कम्पनीका मालिक एलन मस्कले बताएका हुन्।
यो समाचारसँगै बिटक्वाइनको मूल्य १७ प्रतिशतले बढेर ४४ हजार २ सय २० अमेरिकी डलर पुगेको बीबीसीले जनाएको छ। बिटक्वाइनको यो मूल्य हालसम्मकै उच्च हो।
मस्कले आफ्नो ट्विटर प्रोफाइल पेजमा ह्यासट्यागबिटक्वाइन जोडेपछि मूल्य बढेको हो। पछि उनले यसलाई हटाए। बिटक्वाइनसहित डजक्वाइनजस्ता अन्य क्रिप्टोकरेन्सीको मूल्य पनि बढेको छ।
सेयर बजारमा टेस्लाले यससम्बन्धी पेस गरेको फाइलमा आफ्नो लगानी नीति गत जनवरीमा अपडेट गरेको उल्लेख छ। डिजिटल करेन्सी, गोल्ड एक्सचेन्ज ट्रेडेड फन्डहरुजस्ता रिजर्भ एसेट्समा टेस्लाले लगानी गर्ने इच्छा व्यक्त गरेको छ।
सोही फाइलमा टेस्लाले डेढ अर्ब डलरबराबरको बिटक्वाइन किनेको उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया