सनराइज बैंकको डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन्।
बैंकको आज बसेको संचालक समितिको बैठकले राणालाई डेपुटी सीईओ बनाउने निर्णय गरेको हो।
एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेकी उनले ग्लोबल आईएमई बैंकमासमेत काम गरिसकेकी छन्। एभरेष्ट बैकमा ट्रेनी बैंकरबाट काम सुरु गरेकी उनले बैंक क्षेत्रमा २० वर्षको अनुभव बटुलिसकेकी छन्।
उनी हाल सनराइजमा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिइन्। उनले बढुवा सहितको नयाँ नियुक्ती पत्र आज नै पाइसकेकी छन्।
3
Shares

प्रतिक्रिया