डिशहोमले सञ्चालन गरेको ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ अफर अन्तर्गत हालसम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जितिसकेका छन्।
यस्तै, अन्य वार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि वार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन्। जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएका छन्।
२०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अब भने केहि दिन मात्र वाँकी रहेको छ। यहि २०७७ माघ २९ गते सम्म रिचार्ज गर्ने ग्राहकहरु यो योजनाको अन्तिम लक्की ड्र मा सहभागि हुन पाउने छन्।
‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको छ। नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा कुनै पनि अनलाइन माध्यमबाट वार्षिक रिचार्ज गरे बापत ‘विक्ली लक्की ड्र’ मा भाग लिने अवसर प्राप्त हुनेछ।
फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।
Shares

प्रतिक्रिया