अमेरिकी टेलिभिजन सीबीएससँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन्।
इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने बाइडेनको भनाइ छ।
ट्रम्प प्रशासनको पालामा इरानमाथि अमेरिकाले प्रतिबन्ध लगाएको हो। नयाँ सरकारले पनि इरानको मामिलामा ट्रम्पको नीतिलाई पछ्याएको हो।
राष्ट्रपति बाइडेन भन्छन्,‘यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउनुपर्छ र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुपर्छ।’
इरानका विदेशमन्त्री मोहमद जभेद जरिफले गत शनिबार मात्र अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताएका थिए।
त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको हो।
विदेशमन्त्री जरिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताएका थिए। सिन्ह्वा

प्रतिक्रिया