कारोबार


‘भ्यालेन्टाइन्स-डे’का लागि उत्कृष्ट उपहार : ओपो ए१५, यस्ता छन् पाँच आकर्षक फिचर्स

‘भ्यालेन्टाइन्स-डे’का लागि उत्कृष्ट उपहार : ओपो ए१५, यस्ता छन् पाँच आकर्षक फिचर्स

नेपालखबर
माघ २२, २०७७ बिहिबार १४:४३,

भ्यालेन्टाइन्स डे नजिकिँदो छ। विदेशी पर्व भएता पनि विशेषगरी युवावर्ग माझ भ्यालेन्टाइन्स डे, निकै लोकप्रिय छ।

आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनकाभावना प्रस्तुत गर्ने दिनका रुपमा यसको विशेष महत्व छ। साथीभाइ, आमा–बुबा, प्रेमी–प्रेमिकालगायतले यस दिनमा उपहार आदान प्रदान गरी आफ्ना प्रेमिल भावना ब्यक्त गर्ने चलन रहँदै आएको छ।

यस्तोमा राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटी पनि बस्न थालेको छ। यस परिपाटीमा भरखरै बजारमा सार्वजनिक एआई ट्रिपल रियर क्यामेरा सेटअप सुसज्जित ओपो ए१५उपहारका लागि उत्कृष्ट विकल्प हुन सक्छ।

मितब्ययी मूल्यमा अत्याधुनिक फिचर्स सुसज्जित ओपो ए१५ विशेष यूवा वर्ग लक्षित फोन हो। पूरुष र महिला दूवैका लागि उपयुक्त यो उपकरण उपहारका लागि कसरी उत्कृष्ट छ त? यसमा उपलब्ध पाँच उत्कृष्ट फिचर्स यहाँ प्रस्तुत गरिएका छन्ः

१. एआई ट्रिपल रियर क्यामेरा र एआई ब्यूटिफिकेशन
ओपो ए१५मा रहेका एआई ट्रिपल रियरक्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ। प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चित गर्न सघाउन यसमा १३एमपी क्षमताको मुख्य क्यामेरा र ४सीएम सम्मका क्लोज शट्स खिच्न यसमा २एमपी क्षमताको माक्रो लेन्सको समेत ब्यवस्था गरिएको छ। पोटे«ट तस्विरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याक ग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २एमपी डेप्थ क्यामेरा पनि जडान गरिएको छ।

दैनिकीका पलहरु कैद गर्न ओपो एफ१५मा अझ बढी सुविधाहरु दिइएका छन्। फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ। त्यसैगरी, पोटे«ट बोके फिचरले पोटे«ट तस्विर खिच्दा प्राकृतिक बोके ब्याक ग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्स पनि उपलब्ध गराउँछ। ड्याजलकलर र एआई सिन रिकग्निशनको संयोजन मार्फत ओपो ए१५ले एआई सिन ईन्ह्यान्समेन्ट सुविधा पनि दिन्छ। यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ। साथै, रि(अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाईलिशफोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्स पनि उपलब्ध गराउँछ।

ओपो ए१५को ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्प पनि उपलब्ध गराउँछ। एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियलफिचर्सलाई लिंग, उमेर र भौगोलिक आधारमा सुधार उपलब्ध गराउँछ।

२. स्लिक डिजाइनका साथ ६.५२”को ठूलो स्क्रिन
गेम तथा भिडियोको पूर्ण मज्जा लिन सकियोस् भन्ने सोचका साथ ओपो ए१५मा ८९ प्रतिशत स्क्रिन टू बडी रेसियोका साथमा ६.५२” वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागिओपो ए१५को एचडी+ स्क्रिनले १६००×७२० रिजोल्यूशनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमाएआई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधा पनि उपलब्ध छन्।

७.९एमएममोटाई सहितको ए१५मा समाउन सहजताकालागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझआकर्षक देखाउने सोचका साथ म्याट र ग्लसी टेक्स्चर सहितको थ्रीडी कोटिङको प्रयोग गरिएको छ। डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी ओपो ए१५ दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ।

३. ४२३०एमएएच ब्याट्री क्षमता
तिब्रगतिको कार्य क्षमताकालागिओपो ए१५मा ३ जीबी ¥यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध गरिएको छ। साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकता अनुसार यसलाई २५६जीबी सम्म बढाउन सक्ने सुविधा पनि प्रदान गरिएको छ। फोनमा रहेको मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ ओक्टा(कोर प्रोसेशर सहितको ओपो ए१५ले ब्याट्री मितब्ययीताका साथ सहज, तिब्र र विश्वासिलो कार्य सम्पादन सुविधा उपलब्ध गराउँछ।

फोनमा मेमोरी डिफ्राग्मेन्टेशन २.० सुविधाका साथैफ्रेमबुस्ट र टचबुस्ट सहितको हाइपरबुस्ट २.१ फिचर पनि उपलब्ध गरिएको छ। हाइपरबुस्ट २.१ले फ्रेम रेट अनुकुलन गर्दै स्थिर तथाइन गेम ग्राफिक्समा न्यून ढिलाई प्रदान गरी टच रेस्पोन्समा सुधार गरी गेम फ्लुएन्सीको मज्जा लिन सघाउँछ।

मज्जाले एकदिन सहजै टिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री जडिट ओपो ए१५मा आपतकालिन अवस्थालाई समेत ध्यानमा राखि सुपर पावर सेभिङ मोड फिचर पनि उपलब्ध गरिएको छ। फोनमा औँला वा अनुहारको प्रयोग बाट सहजै अनलकिङ सुविधाको उपभोग गर्न सकियोस् भन्ने सोचका साथ रियर फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ।

४. कलरओएस ७.२
ओपो ए१५माविभिन्न सुविधाजनक फिचर्सका साथमा समय सापेक्ष कलरओएस ७.२को प्रयोग गरिएको छ। नयाँफोनमा प्रयोगकर्ताको सहजताकालागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचर पनि उपलब्ध छ। थ्री-फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्सपनि सपोर्ट गर्छ।

साथै, आइकनपुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचर पनि फोनमा समाहित गरिएका छन्। एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जा एकसाथ सबैले आ–आफ्नो फोनमा लिन सघाउने उपयोगीम्यूजिक पार्टी फिचर पनि फोनमा उपलब्ध गरिएको छ।

५. मितब्ययी मूल्य
भरखरै सार्वजनिक ओपो ए१५ उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहनाअनुसार फोनको छनोट गर्न सक्छन्। फोनमा ३जीबी -याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ। ओपो ए१५को बजार मूल्य रु. १८ हजार ५ सय ९० निर्धारण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad