प्रचण्ड–नेपाल पक्षको नेकपाले गरेको आमहडतालको दिन सेयरबजार ८.३४ अंकले बढेको छ। दिनभरिमा २०१ कम्पनीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
७२ हजार १ सय ७० पटकको खरिदबिक्रीपछि ७ अर्ब ६१ करोड ५० लाखको सेयर कारोबार भएको हो। आज १ करोड ८७ लाख सेयर बिक्री भएको छ।
कुल १२ समूहमध्ये व्यापार, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्सको कारोबार सूचक बढेको छ भने म्युचुअल फन्ड, जीवन बीमा, फाइनान्स, विकास बैंक, होटल र वाणिज्य बैंकको सूचक भने घटेको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको २७ करोडको कारोबार भएको छ। दोस्रो ठूलो कारोबार भएको डिप्रोस्क लघुवित्त वित्तीय संस्थाको २४ करोड, ग्लोबल आईएमई बैंकको २० करोडको, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोडको, जनउत्थान सामुदायिक लघुवित्तको १८ करोडको सेयर कारोबार भएको छ।
आज १५ कम्पनीको सेयर १० प्रतिशत हाराहारीले बढेको छ। घट्ने कम्पनीहरुको ३.४६ प्रतिशतले सेयर घटेको छ।

प्रतिक्रिया