एभियोट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी (एएनएसटी) ले संगठनको पाँचौं वार्षिकोत्सवमा एयर होस्टेस प्रशिक्षणका लागि पूर्ण र आंशिक छात्रवृत्ति घोषणा गरेको छ।
कम्पनीका महाप्रबन्धक दिवस पोखरेलकाअनुसार एभियट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी (एएनएसटी) ले योग्य विद्यार्थीहरूको लागि एयरहोस्टेस प्रशिक्षणमा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो।
यो छात्रवृत्तिले विद्यार्थीहरूलाई उड्डयन महत्वाकांक्षा प्राप्त गर्न मद्दत गर्दछ। त्यो मात्र होईन,एएनएसटीले भर्ना हुने विद्यार्थीहरूलाईउनीहरूको +२ प्रमाणपत्र अनुसार छात्रवृत्ति पनि पाउने बताएको छ।
एएनएसटी महाप्रबन्धक पोखरेलले भने, ‘हामीलाई यो पनि सचेत छ कि धेरै विद्यार्थीहरूले आफ्नो उच्च माध्यमिक शिक्षा पूरा गरे पछि आर्थिक अभावले उच्च शिक्षा पूरा गर्न सक्दैनन्।’
‘हामी एक एभीएसन कलेजको रूपमा यस्ता विद्यार्थीहरूलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरेर समर्थन गर्न चाहन्छौं ताकि तिनीहरू एयरहोस्टेस प्रशिक्षण जस्ता व्यावसायिक पाठ्यक्रममा सामेल हुन, उड्डयन कार्यक्षेत्रमा प्रवेश गर्न सक्नेछन् र आर्थिक रूपमा स्वतन्त्र हुन सक्छन्’ उनले थपे।
कम्पनीले दावी गरेको छ कि योग्य विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नु उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश हो।
एएनएसटीले जेटस्ट्रीम विमानवाट तालिम दिँदै आएको छ।

प्रतिक्रिया