कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ।
‘नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ।
यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सिमित दूरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ।
यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ। हाललाई यस प्रविधिमार्फत प्रति कारोबार दुई हजार रुपैयाँसम्म बिनापिन कारोबार गर्न सकिन्छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया