कारोबार


आइक्यानको २४औँ वार्षिकोत्सव : ३२ जना सीए दीक्षित

आइक्यानको २४औँ वार्षिकोत्सव : ३२ जना सीए दीक्षित

नेपालखबर
माघ १८, २०७७ आइतबार ९:५२,

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २४औँ वार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोह सम्पन्न भएको छ।

कार्यक्रममा आइक्यानबाट उतीर्ण सीएहरुमध्ये ३२ जना सीएहरु दीक्षित भएका छन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दीक्षित सीएहरुलाई बधाई दिँदै देशको समृद्धिमा युवा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका उल्लेखनीय हुने बताए। चार्टर्ड एकाउन्टेन्टहरुबाट जनताले ठूलो अपेक्षा राखेको स्मरण गराउँदै उनले सो अपेक्षा पूरा गर्न आइक्यान र सीएहरुले खेलेको भूमिका प्रशंसनीय रहेकोसमेत बताए।

लेखा प्रणाली र लेखापरीक्षण देशको विकाससँग सम्बन्धित विषयसमेत रहेकाले र लेखापरीक्षणका माध्यमबाट सुशासनलाई अझ सुदृढ बनाउन सकिने भएकाले देशको विकास, समृद्धि र सुशासनका लागि सम्पूर्ण सीएहरुले आफ्नो काम प्रभावकारी रुपमा गर्नुपर्नेमा समेत उनले जोड दिए।

विकास निर्माणका कामहरुमा लेखापरीक्षकले मात्र नभई जनस्तरबाट पनि परीक्षण भइरहेको हुने हुनाले जन परीक्षणलाई समेत ध्यान दिएर जनताका सुझावहरुलाई समेत ख्याल गरी आफ्नो काम गर्न उनले सबै लेखापरीक्षकहरुलाई आग्रहसमेत गरे।

‘देशको समृद्धिका लागि सुशासन महत्वपूर्ण हुन्छ र सुशासनका लागि लेखापरीक्षकहरुले गर्ने लेखापरीक्षणको भूमिका पनि उतिकै महत्वपूर्ण हुन्छ’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘सुशासनको महत्वपूर्ण जिम्मेवारी चार्टर्ड एकाउन्टेन्टहरुको काँधमा छ। यो जिम्मेवारीलाई तपाईंहरुले पूरा गर्नुहुनेछ भन्ने अपेक्षा सबैको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad