ad ad

कारोबार


योजना आयोगका उपाध्यक्ष भन्छन्ः एमसीसी सहायता नआए परियोजना सरकार आफैँले कार्यान्वयन गर्नुपर्छ (भिडिओ)

योजना आयोगका उपाध्यक्ष भन्छन्ः एमसीसी सहायता नआए परियोजना सरकार आफैँले कार्यान्वयन गर्नुपर्छ (भिडिओ)

नेपालखबर
माघ १४, २०७७ बुधबार ६:२०,

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

एमसीसीबारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफैँ गलत हो कि भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताए।

परियोजनाको राजनीनिक पक्ष जे जस्तो भए पनि केही वर्षभित्र विद्युतको ठूलो राष्ट्रिय प्रसारणलाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभए पनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताए।

उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५औं योजनामा समेत समावेश भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तीव्रता दिएको बताए। तर देशको पुँजीको अपर्याप्तताको कारणले एमसीसी आवश्यक पर्ने देखिएको पनि बताए।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैँले एमसीसी परियोजनालाई १५औँ योजनामा समावेश नगरेको पनि स्पष्ट पारे। ऊर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपान्तरणकारी आयोजनामा समावेश गरेको प्रष्ट पारे।

भिडिओ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .