कारोबार


इ–सेवामा खाता खोल्नेको संख्या ४० लाख नाघ्यो, एजेन्ट नेटवर्क एक लाख माथि

इ–सेवामा खाता खोल्नेको संख्या ४० लाख नाघ्यो, एजेन्ट नेटवर्क एक लाख माथि

नेपालखबर
माघ १२, २०७७ सोमबार ९:१०,

भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ १२औँ वर्षमा प्रवेश गरेको छ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ–सेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ।

यो अवधिमा इ–सेवा मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठुलो योगदान दिन सफल भएको छ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इ–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इ–सेवामार्फत सेवा लिइरहेका छन्।

हाल इ–सेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इ–सेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन्।

१२औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘कुराकानीका लागि मात्र सिमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्पपूर्ण माध्यम बनाउन सफल भएका छौँ। आगामी दिनमा हामीले इ–सेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजानेछौँ।’

इ–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ। आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इ–सेवालाई सम्झन थालेका छन्। आगामी दिनमा पनि आम मानिसको जनजीवनमा सहजता ल्याउने खालका सेवा विस्तार गर्दै अगाडि बढ्ने कम्पनीको योजना रहेको छ।

तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तरगत इ–सेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन्। यस गु्रपले अहिले एकहजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ। इ–सेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ।

कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्यले करिब ६ सय वटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना, निशुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयर समेत वितरण गरेको छ। यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजन तथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad