ad ad

कारोबार


चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट आज, कति जनाले पाउलान्?

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट आज, कति जनाले पाउलान्?

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ३:१,

काठमाडौंस्थित चन्द्रागिरि हिल्सको आईपीओ आज (शुक्रबार) बाँडफाँट गरिँदै छ।

आईपीओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँट हुने भएको हो।

कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। तीमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लगानीकर्तालाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

यसअनुसार १ लाख ३९ हजार ६ सय २ जनाका लागि यो आईपीओ बाँडफाँट हुनेछ।

यो सेयरका लागि १२ लाख १५ हजार १ सय १५ जनाले २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयरका लागि आवेदन दिएका छन्। कूल सेयर संख्या र आवेदकका आधारमा ११.४९ प्रतिशतले मात्रै यो सेयर प्राप्त गर्ने भएकाले हरेक ९ आवदेकमध्ये १ जनाले मात्रै सेयर प्राप्त गर्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .