ad ad

कारोबार


काठमाडौंको पेप्सीकोलामा खुल्यो भायानेटको ३५औँ आउटलेट

काठमाडौंको पेप्सीकोलामा खुल्यो भायानेटको ३५औँ आउटलेट

नेपालखबर
माघ ८, २०७७ बिहिबार ७:०,

काठमाडौंमा आफ्ना सेवाहरु अझ प्रभावकारी ढंगले उपलब्ध गराउन लागि पेप्सीकोलामा यही माघ ७ गते भायानेटले आफ्नो ३५औँ शाखा खोलेको छ।

पेप्सीकोला आउटलेटको उद्घाटन शिक्षा संग्रौलाको हातबाट गरिएको थियो।

ग्राहकहरुलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो अप्टिक्स इन्टरनेट र आईपीटीभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै अब काठमाडौंमा आफ्नो सेवालाई अझ विस्तार गर्दै छ।

कम्पनीका अनुसार अब पेप्सीकोलावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।
भायानेटले नेपालको पहिलो एफटीटीएच सेवा सन् २०११ मा लन्च गरेको थियो।

कम्पनीसँग आफ्नै आईपीटीभी सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एचडी र एसडी च्यानलहरु, युट्यूभ, मोमो एप र मुभी अन डिमान्ड पनि छ।

यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .