सुनको मूल्य फेरि ५ सय रुपैयाँले बढेको छ। छापावाल सुन मंगलबारभन्दा बुधबार उक्त दरमा बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको हो।
त्यस्तै तेजाबी सुन पनि सोही दरमा बढेर आज ९२ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको जनाएको छ।
अघिल्लो दिन १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस १८ सय ४९ दशमलव २७ अमेरिकी डलरमा कारोबार भएको छ।

प्रतिक्रिया